जर्मनीमा सङ्घीय सांसद चयनका लागि मतदान « Khabarhub

जर्मनीमा सङ्घीय सांसद चयनका लागि मतदान


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीको संसद्को तल्लो सदन बुन्डेसटागको संरचना तय गर्न आइतबार मतदान भएको छ । 

निर्वाचन यसै वर्ष (सन् २०२५)को सेप्टेम्बरमा हुनुपर्ने भए पनि गत वर्ष सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी), ग्रीन्स र फ्रि डेमोक्र्याटिक पार्टीको वर्तमान सत्तारुढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि निर्वाचनको घोषणा भएको हो । 

पछिल्लो सर्वेक्षणअनुसार क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दलले अग्रता लिने देखिएको छ । 

फोर्सा इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार सीडीयू र सीएसयूको समर्थनमा २९ प्रतिशत मतदाता रहेको देखिएको छ भने अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को पक्षमा २१ प्रतिशत र चान्सलर ओलाफ स्कोल्जको एसपीडीको समर्थनमा १५ प्रतिशत रहेको छ ।

स्थिर सङ्घीय सरकार गठनका लागि बुन्डेसटागका ६३० सिटमध्ये बहुमत आवश्यक पर्छ । फोर्सा सर्वेक्षणले २२ प्रतिशत उत्तरदाताहरू अझै पनि चुनावको केही समय अघि आफ्नो छनौटको बारेमा अनिश्चित रहेको देखाएको छ। 

स्थानीय समय अनुसार आइतबार बिहान ८:०० बजे सुरु भएको मतदान १८:०० बजे सम्पन्न हुने बताइएको छ । कूल २९९ निर्वाचन क्षेत्रमा  चार हजार ५०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् भने कम्तीमा पाँच करोड ९२ लाख मतदाताले मतदान गर्न पाउने सरकारी तथ्याङ्कले देखाएको छ ।
 

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ४ : १८ बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह