नाबालिका दास प्रकरणमा महानगरले आयोगलाई बुझायो अनुसन्धान अभिलेख | Khabarhub Khabarhub

नाबालिका दास प्रकरणमा महानगरले आयोगलाई बुझायो अनुसन्धान अभिलेख


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले नाबालिका बन्धक बनाएको घटनामा १२० पृष्ठ लामो अनुसन्धान अभिलेख राष्ट्रिय मानव अधिकार आयोगलाई बुझाएको छ। सरकार पक्षबाटै मुद्दा नचल्ने निर्णय भएपछि आयोगले स्वविवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धान थालनी गरेको थियो ।

महानगरपालिकाको बाल कल्याण अधिकारी सहितको टोली पुल्चोकस्थित मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुगेर आयोगका सचिव मुरारी प्रसाद खरेललाई अनुसन्धान अभिलेख बुझाएको हो ।

अभिलेख बुझ्दै सचिव खरेलले मानव अधिकार हननका घटनामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गर्नु नहुने बताए । उनले बालबालिकालाई यस्ता घटनाको मारमा पर्न नदिन आयोग सचेत रहेको र निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लुम्बिनी प्रदेशकी सांसद रेखा कुमारी शर्माले नाबालिकालाई बन्धक बनाई दास बनाएको घटनामा सरकार पक्षले मुद्दा नचलाउने निर्णय गरेपछि आयोगले अनुसन्धान थालेको थियो ।

अनुसन्धानकै क्रममा आयोगले महानगरपालिकासँग सम्बन्धित कागजात माग गरेको थियो । आयोगको अनुरोधपछि तीन दिनभित्रै १२० पृष्ठ लामो अभिलेख संकलन गरी महानगरपालिकाले आयोगलाई बुझाएको हो ।

महानगर प्रमुखको सचिवालयका सदस्य धिरज जोशीले यो प्रकरणमा महान्यायाधिवक्ता रमेश बडालको समेत स्वार्थको द्वन्द्व रहेको शंका व्यक्त गरे । ‘महान्यायाधिवक्ता हुनु अघि उनले सांसद शर्माको तर्फबाट निजलाई जोगाउन बहस गरेका थिए । अहिले उनी महान्यायाधिवक्ता भएर आएपछि सोही मुद्दामा सांसद शर्मा माथि मुद्दा नचल्ने निर्णय गर्नुलाई स्वार्थ नबाझिएको अर्थमा लिन मिलेन,’ जोशीले भने, ‘महानगरपालिकाविरुद्ध एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्यायाधिवक्ताको पदमा रहेको हुँदा मुद्दा नचलाइएको हो।’

हालका महान्यायाधिवक्ता बडालले यसअघि महानगरविरुद्ध दायर भएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयको निर्णय सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले यस घटनामा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

काठमाडौं महानगरपालिकाले भने गत जेठ ३० गते बाल कल्याण अधिकारीमार्फत बालबालिकाविरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गराएको थियो ।

मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ । आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ०० बजे

पत्रकार बिनु सुवेदीलाई अम्बिका देवी ओली स्मृति राष्ट्रिय पुरस्कार

काठमाडौं- यस वर्षको अम्बिका देवी ओली स्मृति प्रतिष्ठान ‘राष्ट्रिय साहित्य

इरानमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो 

तेहरान– इरानको राजी बन्दरगाहमा शनिबार भएको  विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

विशेष जिल्ला कमिटीले गर्‍यो क्यालेण्डर विमोचन  

काठमाडौं– नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी, काठमाडौंले ‘२०८२ सालको

आवश्यकताको आधारमा समय सापेक्ष ऐन कानुन संशोधन हुनुपर्छ : श्रममन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा

गाजामा युद्ध फेरि सुरु भएकोमा आईसीआरसी निर्देशक चिन्तित

डोहा– अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले