पहिचानको मुद्दा सम्बोधन गर्न संविधान कार्यान्वयन आवश्यक : प्रचण्ड « Khabarhub

पहिचानको मुद्दा सम्बोधन गर्न संविधान कार्यान्वयन आवश्यक : प्रचण्ड


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कचनकेवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरूको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा  सम्बोधन गर्न सकिने बताए। कोच, शेर्पा लगायत धेरै समुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने उनले स्पष्ट गरे ।

जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई तस्ताको तस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताए । बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको पनि उनले स्पष्ट गरे ।

कार्यक्रममा आदिवासी समुदायका अगुवाले पहिचानको मुद्दालाई थप बलियो बनाउन, चुनावी घोषणापत्रमा प्रतिबद्ध हुनु र आदिवासी समुदायको नेतृत्व गर्न अध्यक्ष प्रचण्डसहितका माओवादी नेताहरूलाई सुझाव दिएका थिए। झापाको यो क्षेत्रमा राजवंशी, गनगाई, माझी, मुसलमान लगायतका आदिवासीको बसोबास रहेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ३७ बजे

चितवनमा मङ्सिर यता ५२ वटा लागुऔषधका मुद्दा

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा मङ्सिरदेखि पुस २० गतेसम्म

सामाजिक सद्भाव विथोलिने कार्य नगर्न गृहको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने कार्य

आयोगहरूले भने : साम्प्रदायिक सद्भाव कायम राखौँ

काठमाडौं- मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगले सोमबार (पुस

भिनाजुको राइफलबाट आफैँलाई गोली हानेका राईको मृत्यु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–६ थिमिमा आफैँलाई गोली प्रहार गरी आज

राष्ट्रिय सभा निर्वाचनको भागबन्डाबारे छलफल गर्न गुण्डु पुगे कांग्रेसका खड्का र लेखक

काठमाडौँ- आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा छलफल