पहिचानको मुद्दा सम्बोधन गर्न संविधान कार्यान्वयन आवश्यक : प्रचण्ड « Khabarhub

पहिचानको मुद्दा सम्बोधन गर्न संविधान कार्यान्वयन आवश्यक : प्रचण्ड


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कचनकेवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधान पूर्ण कार्यान्वयन गरेर पहिचानको मुद्दा सम्बोधन गर्न सकिने बताएका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत झापाको कचनकवल गाउँपालिका ३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरूको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा धेरै हदसम्म पहिचानको मुद्दा  सम्बोधन गर्न सकिने बताए। कोच, शेर्पा लगायत धेरै समुदायको पहिचान सम्बोधन गर्न सबैभन्दा पहिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने र त्यसो गर्दा पनि सम्बोधन नभए संविधान संशोधनमार्फत अघि बढ्नुपर्ने उनले स्पष्ट गरे ।

जसरी पनि संविधान बनाउनुपर्ने बाध्यताका कारण पार्टीले अघि बढाएका पहिचानसहितका महत्त्वपूर्ण एजेन्डालाई तस्ताको तस्तै अघि बढाउन नसकेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकताका साथ उठाउने नीति लिएको बताए । बीचमा आफ्नो वर्ग र समुदायसँग टुटेको कडी जोड्न पार्टीले अभियान सुरु गरेको पनि उनले स्पष्ट गरे ।

कार्यक्रममा आदिवासी समुदायका अगुवाले पहिचानको मुद्दालाई थप बलियो बनाउन, चुनावी घोषणापत्रमा प्रतिबद्ध हुनु र आदिवासी समुदायको नेतृत्व गर्न अध्यक्ष प्रचण्डसहितका माओवादी नेताहरूलाई सुझाव दिएका थिए। झापाको यो क्षेत्रमा राजवंशी, गनगाई, माझी, मुसलमान लगायतका आदिवासीको बसोबास रहेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १२ : ३७ बजे

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले