स्वास्थ्य मन्त्रालयका रिक्त दुई पदमा तिन प्रतिस्पर्धी  « Khabarhub

स्वास्थ्य मन्त्रालयका रिक्त दुई पदमा तिन प्रतिस्पर्धी 


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव र अतिरिक्त सचिव पद रिक्त भएको छ । स्वास्थ्य सचिव डा।रोशन पोखरेल र मन्त्रालयमै कार्यरत अतिरिक्त सचिव डा.दीपेन्द्ररमण सिंह विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर हिजोदेखि अवकाश पाएपछि दुई पद रिक्त भएको हो ।

मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सचिवद्वय डा. पोखरेल र डा.सिंहलाई बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा मन्त्री पौडेलले दुवै सचिवलाई सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गर्दै उनीहरूको अनुभव र दक्षताको सदैव खाँचो हुने बताएका थिए । 

रिक्त दुई पदमा बढुवाका लागि मन्त्रालयमै कार्यरत अतिरिक्त सचिव डा.सङ्गीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टङ्क बाराकोटी प्रतिस्पर्धामा छन् । सचिव बढुवाको पहिलो बरीयतामा डा. सङ्गीता कौशल मिश्र रहेकी छन् । उनी मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा छन् ।

दोस्रो बरीयतामा डा।विकास देवकोटा र तेस्रो बरीयतामा डा. टङ्क बाराकोटी छन् । देवकोटा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा छन् भने बाराकोटी मन्त्रालयका अतिरिक्त सचिवको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ०१ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन