मेयर भन्छन्- सुगरले घाउ निको हुन समय लाग्छ रे ! हात र घाँटीको ब्यान्डेज आज निकाल्छु « Khabarhub

मेयर भन्छन्- सुगरले घाउ निको हुन समय लाग्छ रे ! हात र घाँटीको ब्यान्डेज आज निकाल्छु


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा महानगरपालिका मेयर धनराज आचार्यले नियमित काममा फर्कन अझै केही समय लाग्ने बताएका छन् । 

फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । 

यस्तै सरकारका अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । उनी आइतबारबाट नियमित काममा फर्किएका छन् । तर मेयर। आचार्यलाई भने काममा फर्कन अझै केही समय लाग्ने बताइएको छ । 
 
मेयर आचार्यको दुवै हातमा पोलेको छ । यस्तै घाटी र अनुहारको भागमा पनि जलेकाले डाक्टरले केही समय रेस्ट गर्न भनेको आचार्यको भनाइ छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत उनी ६ दिनपछि ९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए । तर उनी नियमित फलोअपमा छन् । 

‘नियमित काममा फर्किन सकेको छैन । सुधारोन्मुख छ । आज डेसिङ खोल्ने तयारी छ । सम्भवतः २० गतेसम्ममा काममा फर्कने योजनामा छु । जलनको घाउ पछाडि बढ्ने भएकाले गाह्रो हुने रहेछ । पहिला घाटीमा मात्र थियो तर पछि अनुहारमा पनि देखियो ।’ उनले सोमबार खबरहबलाई भने, ‘देब्रे हात घाटीको ब्यान्डेज  आज निकाल्ने दिन छ । अनुहार खुल्ला नै छाडेको छ । ६ प्रतिशत जलन भएछ । मलाई सुगर भएकाले पनि ब्यालेन्स गर्नुपर्ने रहेछ । घाउ निको हुन समय लाग्छ रे ।’ 

उनले औषधि सेवन गरिरहेकाले दुख्ने पोल्ने कम भएको बताए । उनले बोल्न समस्या नभएको तर डाक्टरले इन्फेक्सन हुने डरले बाहिर निस्कन अनुमति नदिएको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : ३२ बजे

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा