प्रधानमन्त्रीसँग एनसीसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट « Khabarhub

प्रधानमन्त्रीसँग एनसीसी भ्रमण दलका प्रतिनिधिको शिष्टाचार भेट


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसीसी) का टोलीले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री ओलीसँग महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेको हो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले युवा आदानप्रदानका कार्यक्रमद्वारा नेपाली सेनाले मित्र राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनाका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताए । 

उनले यस्ता कार्यक्रमले आपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको अझ बढी बुझाइ र कदर सृजना गर्ने भएकाले आपसी सम्बन्धलाई अझ सुमधुर बनाइ सम्पूर्ण संसार एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले अध्ययन, अवलोकन र जीवनका वास्तविकताहरू अनुभव गरेर सिक्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले यस मञ्चमार्फत एक ऊर्जावान्, भविष्यका एक सम्मानित र गतिशील युवा बन्न सहभागीलाई प्रेरणा मिलोस् भनी कामना गरे । 

कार्यक्रमअन्तर्गत विभिन्न देशका युवाहरूलाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका असरदार नेतृत्वकर्ता र असल नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरिन्छ । एनसीसीले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्त गुणहरू विकास तथा प्रवर्द्धन समेत गर्दै आएको छ ।

उक्त ३४ सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा यही फागुन ९ गते नेपाल आएको हो । भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसीसीका महानिर्देशक गुरवीर पाल सिंह, भूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ०४ बजे

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन