नेतान्याहुले युद्ध विराम भंग गर्न चाहेको हमासको आरोप | Khabarhub Khabarhub

नेतान्याहुले युद्ध विराम भंग गर्न चाहेको हमासको आरोप


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासका अधिकारीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। शनिबार रिहा गर्ने भनिएका ६२० बन्दी रिहा नभएसम्म युद्ध विरामका लागि आफूहरू अघि नबढ्ने समेत हमासले बताएको छ।

प्यालेस्टाइनी प्रिजनर सोसाइटीले दिएको जानकारी अनुसार इजरायलले आक्रमणकै दौरान वेस्ट बैंकमा ३६५ जना प्यालेस्टाइनीलाई बन्धक बनाएको थियो।

प्यालेस्टाइनीलाई स्थायी रूपमा त्यहाँबाट हटाउने योजना अनुसार इजरायलले आक्रमण गरेको उनीहरूको भनाइ छ।

युरोपेली युनियनका विदेश नीति प्रमुख काजा कालासले दुई पक्ष नै समझदार नभएसम्म युद्ध अन्त्यको कुनै उपाय नभएको बताउँछन्।

इजरायलले वेस्ट बैंकमा सेना तैनाथ गरे पनि कालासले सो कुरा बताएका हुन्।

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आक्रमण गर्दै २५१ जनालाई बन्दी बनाएको थियो। यी मध्य ६२ जना अझै छाड्न बाँकी छन्। ३५ जना जीवित नरहेको बताइएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : ४५ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न