नेतान्याहुले युद्ध विराम भंग गर्न चाहेको हमासको आरोप « Khabarhub

नेतान्याहुले युद्ध विराम भंग गर्न चाहेको हमासको आरोप


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासका अधिकारीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। शनिबार रिहा गर्ने भनिएका ६२० बन्दी रिहा नभएसम्म युद्ध विरामका लागि आफूहरू अघि नबढ्ने समेत हमासले बताएको छ।

प्यालेस्टाइनी प्रिजनर सोसाइटीले दिएको जानकारी अनुसार इजरायलले आक्रमणकै दौरान वेस्ट बैंकमा ३६५ जना प्यालेस्टाइनीलाई बन्धक बनाएको थियो।

प्यालेस्टाइनीलाई स्थायी रूपमा त्यहाँबाट हटाउने योजना अनुसार इजरायलले आक्रमण गरेको उनीहरूको भनाइ छ।

युरोपेली युनियनका विदेश नीति प्रमुख काजा कालासले दुई पक्ष नै समझदार नभएसम्म युद्ध अन्त्यको कुनै उपाय नभएको बताउँछन्।

इजरायलले वेस्ट बैंकमा सेना तैनाथ गरे पनि कालासले सो कुरा बताएका हुन्।

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आक्रमण गर्दै २५१ जनालाई बन्दी बनाएको थियो। यी मध्य ६२ जना अझै छाड्न बाँकी छन्। ३५ जना जीवित नरहेको बताइएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : ४५ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन