नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन « Khabarhub

नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख बढी राजस्व संकलन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व संकलन गरेको जानकारी दिए । 

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व संकलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजार बढी राजस्व संकलन गरिएको छ । यो कुल राजस्व संकलनको ४५ प्रतिशतभन्दा बढी हो ।

त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट रु १६ करोड २७ लाख राजस्व संकलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट नौ करोड ५९ लाख, अवैध सुन चाँदी बरामदबाट एक करोड, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व संकलन गरिएको प्रवक्ता आचार्यले बताए। 

उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख, अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा २२ लाख ५३ हजार, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार र अवैध पशुपन्छी नियन्त्रणबाट रु १५ लाख ७१ हजार राजस्व संकलन भएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : १० बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ