सेनाले टुँडिखेलमा यसरी मनायो स्थापना दिवस (तस्बिरहरू) | Khabarhub Khabarhub

सेनाले टुँडिखेलमा यसरी मनायो स्थापना दिवस (तस्बिरहरू)


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मनाएको छ। नेपाली सेनाले टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा बढाइँ पनि गरेको छ ।

शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

त्यसअवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम गरिएको छ ।

सेना दिवसका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत उपस्थित थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी र राष्ट्रपतिको सचिवालय

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १२ : ४६ बजे

कोसी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा सिफारिस

काठमाडौं – कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीलाई नेपाल

‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम प्रभावकारी बनिरहेको छः उपप्रमुख डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल

काठमाडौं – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक