थाइल्यान्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु | Khabarhub Khabarhub

थाइल्यान्डमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – थाइल्यान्डको बैंककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजधानी बैंककको पूर्वमा रहेको प्राचीन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये दुर्घटना भएको बस एउटा थियो।

‘दुर्घटनामा१७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,’ प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भने । 

उनले भने, ‘हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको उनले बताएका छन्। थप अनुसन्धान भइरहेको छ ।’

बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरूलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार थाइल्यान्डमा सडक सुरक्षाको सबैभन्दा खराब रेकर्ड छ । यहाँ हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।

पुरानो र असुरक्षित सवारी साधन र चालकको लापरबाही सडक दुर्घटनाको प्रमुख कारक मानिन्छ । गत अक्टोबरमा बैंककको उपनगरमा एउटा विद्यालयका विद्यार्थी बोकेको बसमा भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  १२ : ५५ बजे

लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ सम्पन्न

बुटवल– बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र बीएलके म्याक्स हस्पिटल

सरकारले शिक्षकका जायज माग तत्काल पुरा गर्नुपर्छ : सुशीला थिङ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूका जायज माग तत्काल

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

एजेन्सी– म्यान्माका अधिकारीहरू मंगलबार आङ सान सुकीको तालको किनारको बङ्गला

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम

पोषणभत्ता वृद्धि गर्न सरकारलाई सांसदहरूको सुझाव

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले बालबालिकालाई दिँदैआएको पोषणभत्ता