भद्रगोलबाट अलग भएकाहरुको नयाँ सिरियल ‘सक्किगोनि’ « Khabarhub

भद्रगोलबाट अलग भएकाहरुको नयाँ सिरियल ‘सक्किगोनि’


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘भद्रगोल’बाट अलग्गिएका कलाकारहरुको समूहले नयाँ टेलिसिरियल ल्याउने भएको छ ।

मिडियाहबसँगको विवादका कारण ‘भद्रगोल’बाट अलग्गिएका कुमार कट्टेल (जिग्री)सहितका कलाकारहरुले ‘सक्किगोनि’ नामको नयाँ टेलिसिरियल ल्याउन लागेका हुन् ।

नयाँ टेलिसिरियलमा जिग्रीका अतिरिक्त अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरि निरौला (कक्रोज) मधुसुदन पाठक (सिते बा) लगायत २१ जना कलाकार हुनेछन् ।

कलाकार मधुसुदन पाठक (सीते बा)ले नै सामाजिक सञ्जाल (फेसबूक)मार्फत ‘सक्किगोनि’ आउने जानकारी गराएका छन् ।

‘आफूले जन्माएको, हुर्काएको एउटा सिर्जना इतिहास बन्दै गर्दा आफू भित्रको नसकिएको कलाकारिताको अर्को सिर्जना सक्किगोनि जन्मिएको छ,’ कलाकार पाठकले फेसबूकमा लेखेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ४ : ४९ बजे

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।