‘कांग्रेसको कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’ « Khabarhub

‘कांग्रेसको कार्यकारी पदका उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्छ’


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले पार्टीको कार्यकारी पदमा उम्मेदवारी दिनका निम्ति सम्पत्ति विवरण बुझाउन पर्ने विधानमा व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय समिति (२०६८–२०७३) ले आयोजना गरेको बृहत् भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको घोषणा पत्र सार्वजनिक गर्दै नेताहरूले ४० वर्षभित्रका युवालाई ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चितताको माग गरेका छन् । 

उनीहरूले युवासँगै विज्ञका निम्ति १० प्रतिशतसम्मको प्रतिनिधित्वको सुनिश्चित गराउन विधानमै व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

संविधान सभा सदस्य रञ्जित कर्णले नगरकोट घोषणापत्र सार्वजनिक गर्दै जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने बताए । कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराए । 

अन्तरक्रियामा वडा तहदेखि संघीय सांसदसम्मको उम्मेदवारी प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य हुनु पर्ने वैधानिक व्यवस्था गर्ने, समानुपातिक निर्वाचन प्रणाली हटाइ संसद् सङ्ख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रूपमा लागू गर्ने गरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल गर्ने निर्णय गरिएको कर्णले बताए ।

नेता कर्णका अनुसार नेपाली कांग्रेसको नीतिः उद्यमशीलता सहितको राजनीति अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ । कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न सकेमात्र राष्ट्रिय समृद्धिको नेतृत्व लिन सक्ने छलफलको निष्कर्ष रहेको बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ४ : ३९ बजे

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का

अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै