कम्युनिष्टहरुबीच नयाँ आधारमा एकता सम्भव छ : विप्लव « Khabarhub

कम्युनिष्टहरुबीच नयाँ आधारमा एकता सम्भव छ : विप्लव


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कालिकोट– नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन् ।

रास्कोट नगरपालिकाले बुधबार बिहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लव सीले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताएका हुन् ।

उनले भने, ‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिस्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ आधारले नयाँ एकता सम्भव छ, माओवादीहरूको बिचको एकता पनि रूपान्तरण सहित सम्भव छ । नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनु पर्छ । एकताको नयाँ घोषणापत्र बन्नु पर्छ, एक अर्कोमा मिल्ने होइन नयाँ आधारमा नयाँ एकता हो ।’

उनले नेपालमा दलाल पुँजीवाद प्रमुख समस्या भएको भन्दै नेपालको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने दाबी गरे ।

महासचिव विप्लवले नगर सरकारले गरेका राम्रा कामहरु प्रति धन्यवाद दिदै समाजवादी मोडलमा काम गर्न सुझाव दिए । 

उनले नेपालबाट एमसीसी फर्किने कुरा नेकपाको आन्दोलनको प्रभाव भएको जिकिर गर्दै अमेरिकालाई नेकपाले एमसीसी फिर्ता लिएकोमा धन्यवाद दिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ३९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा