काठमाडौं– इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीचको खेलको टिकट साढे दुई घण्टापहिले नै ‘सोल्ड आउट’ भएको छ।
पहिलो अन्तर्राष्ट्रिय उपाधिको खोजीमा रहेको नेपाली महिला फुटबल टोलीलाई समर्थन गर्ने दर्शकको ओइरो लागेपछि टिकट खेल हुनु साढे २ घण्टाअघि नै बिकिसकेको हो ।
घरैमा उपाधि राख्ने योजनासहित नेपाल बुधबार साँझ ६ बजे म्यानमारविरुद्ध उत्रिँदैछ । यस खेलको टिकट दिउँसो साढे ३ बजे नै बिक्रीसकेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) काअनुसार भीआईपीतर्फ १२ सय ५० र सामान्य पारापिटतर्फ १० हजार पाँच सय टिकट बिक्री भएको हो ।
अहिले रंगशालको प्याराफिटमा नेपाली झन्डासहित करिब ११ हजार दर्शक जम्मा भएका छन् । खेलको एक घण्टाअघि नै स्टेडियमको प्याराफिट पूरै भरिएको छ ।
समर्थकहरू सावित्रा भण्डारी र प्रीति राईसहितका खेलाडीको नाम लेखिएका ब्यारसहित स्टेडियममा जम्मा भइसकेका छन् ।
तस्बिहरू : नेपाल फोटो लाइब्रेरी

















प्रतिक्रिया