पशुपतिनाथको दर्शन गर्न पुगे राष्ट्रपति दम्पती   | Khabarhub Khabarhub

पशुपतिनाथको दर्शन गर्न पुगे राष्ट्रपति दम्पती  


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजा आराधना गरेका छन् ।  

महाशिवरात्रि २०८१ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बुधबार अपराह्न पशुपतिनाथको दर्शनसहित पूजा आराधना गरेका हुन् । उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरे ।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।  

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथको पूजा आराधना गर्ने परम्परा छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ६ : १३ बजे

साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलंका जाने

काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

भरतपुर – चितवनको भरतपुर महानगरपालिकाका उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर

अन्तरिम सरकार प्रमुख बन्दै सुशीला कार्की, आजै शपथ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रमुख बन्ने सहमति

प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख