तेह्रौँ फाइनल भिडन्तमा पनि नेपाली टोली पराजित, म्यान्मारले उचाल्यो उपाधि | Khabarhub Khabarhub

तेह्रौँ फाइनल भिडन्तमा पनि नेपाली टोली पराजित, म्यान्मारले उचाल्यो उपाधि


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फोर नेशन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि म्यान्मारले जितेको छ ।

बुधबार साँझ दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा आयोजक नेपाललाई म्यान्मारले २-० गोलले पराजित गरेको छ ।

नेपाली महिला फुटबलले यस पटक पनि उपाधिको खडेरी टार्न सकेन । नेपालको उपाधि खोजी अझै लम्बिएको ।

सन् २०१० देखि ठूला प्रतियोगिताका १३ वटा फाइनल खेलिसकेको नेपाल अझैसम्म उपाधिविहीन छ। अब नेपाल १३ औँ पटक उपविजेतामा सीमित भएको छ । घरेलु मैदानमा भएको १३औँ फाइनलमा पनि उपाधि चुम्ने नेपालको सपना तुहियो ।

म्यान्मारका लागि खेलको ६१ औँ मिनेटमा काउन्टर एट्याकका क्रममा गोल पोस्टको साइडबाट प्रहार गरेको बलले नेपाली किपर एन्जिला तुम्बापोलाई बिट गर्दै जाली चुमेको थियो ।

म्यानमारले खेलको ६१ औँ मिनेटमा पहिलो गोल गरेलगत्तै अर्को गोल थप्यो । उसले खेलको ६३ औँ मिनेटमा अर्को गोल थपेको थियो । त्यसपछि दुवै टोली गोल गर्न चुके । यससँगै दशरथ रंगशालामा जम्मा भएका करिब १५ हजार ५ सय ६८ हजार नेपाली दर्शक फेरि एक पटक स्तब्ध भए ।

यसअघि २०८० फागुनमा साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप फाइनल पनि नेपालले हारेको थियो। यस्तै गत कात्तिकमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल उपविजेतामा सीमित भएको थियो ।

म्यान्मारविरुद्ध पनि हारेपछि नेपालले १३औँ फाइनलमा उपाधि चुम्ने तुहिएको छ ।

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए । नेपालले यसअघि १२ वटा फाइनल हारिसकेकाले पहिलो उपाधिको खोजीमा थियो ।

यसअघि प्रतियोगितामा म्यान्मारले लिग चरणका तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको थियो  ।

म्यानमारले लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो । त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको थियो।

नेपालले पनि लेबनान र कीर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।

फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यान्मारलाई सयौँ स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेकाले फाइनल खेलका लागि उत्साहित थियो । त्यहीअनुसार पहिलो हाफमा खेल देखाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित भयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ०२ बजे

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार

जेनजी आन्दोलनपछि पहिलो पटक देखिए ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा

जीपी कोइराला उपचार केन्द्रमा डायलासिस क्षमता विस्तार

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा