च्याम्पियन्स ट्रफीमा बन्यो १७७ रनको रेकर्ड : अफगानिस्तानको जितले इंग्ल्यान्ड बाहिरियो « Khabarhub

च्याम्पियन्स ट्रफीमा बन्यो १७७ रनको रेकर्ड : अफगानिस्तानको जितले इंग्ल्यान्ड बाहिरियो


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

लाहोर – लगातार दुई खेलमा पराजित भएसँगै इंग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट एक खेल बाँकी हुँदै बाहिरिएको छ । गएराति लाहोरमा भएको अफगानिस्तानसँगको खेलमा ८ रनले पराजित भएसँगै इंग्ल्यान्डको दोस्रो चरण प्रवेशको सम्भावना सकिएको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका लागि इब्राहिम जाद्रानले १४६ बलमा १७७ रनको पारी खेले । सानदार र ऐतिहासिक शतकका लागि उनले १२ चौका र ६ छक्का हिर्काए । उनको सनसनीपूर्ण शतकका साथमा अफगानिस्तानले ७ विकेटको क्षतिमा इंग्ल्यान्डलाई ३२६ रनको चुनौती दिएको थियो ।

अफगानिस्तानविरुद्ध इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट हात पार्दा लियाम लिभिङस्टोनले दुई विकेट लिए।

रोचक र सनसनीपूर्ण बनेको खेलमा जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डका लागि जो रुटले शतकीय पारी खेले । उनले १११ बलको सामना गर्दै ११ चौका र १ छक्काको मद्दतमा १२० रन बनाए । त्यो अफगानिस्तानविरुद्ध जितका लागि पर्याप्त भएन । इंग्ल्यान्डको मध्यक्रम चल्न नसक्दा अफगानिस्तानसँग पराजित भएको हो । ३१७ रन बनाएको इंग्ल्यान्ड ४९.५ बल खेल्दा अलआउट भएको हो ।

इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित निकाल्न अफगानिस्तानका लागि अजमातुल्लाह उमरजाईले पाँच विकेट लिए भने मोहम्मद नाबीले दुई विकेट हात पारे ।

समूह ‘बी’मा इंग्ल्यान्डको लगातार दुई हारसँगै दोस्रो चरणको सम्भावना सकिएको छ । समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘बी’मा समान तीनतीन अंक भए पनि रनरेटका आधारमा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ भने अस्ट्रेलिया दोस्रो स्थानमा छ । दुई अंक जोडेको अफगानिस्तान तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ६ : १७ बजे

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल