हराएको ३० वर्षपछि आमा भेटिँदाको खुसी | Khabarhub Khabarhub

हराएको ३० वर्षपछि आमा भेटिँदाको खुसी


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

हराएको ३० वर्ष बितिसकेको थियो । जीवितै छन् वा छैनन् भन्ने पनि अनजान थियो परिवार । परिवारले आस मारिसकेका थिए । ४० वर्ष कटेको उमेरमा हराएको मान्छे, ३० वर्षपछि सम्पर्कमा आउने र जीवित भएको खबर सुन्ने विषय नै परिवारका लागि अकल्पनीय थियो ।

हर कोहीको वास्तविक जीवनका लागि यस्ता घटना दुर्लभ हुन् । यस्तै भयो चन्द्रबहादुर शाहको परिवारमा । उमेरले ७० कटेका शाहलाई, ३० वर्ष पहिला हराएकी श्रीमती सम्पर्कमा आएको कुरा अझै विश्वास लागेको छैन । तर, शाहकी ७० वर्षीय श्रीमती शान्ता शाह सम्पर्कमा आएकी छन् ।

उनी भारतको पिथौडागडस्थित वान स्टप सेन्टरको आश्रममा रहेको परिवारलाई जानकारी आइसकेको छ । सेन्टरले सामाजिक सञ्जालमा नेपाल घर बताउने शान्ति शाहको परिवारलाई सम्पर्कमा आउन भनेर सूचना जारी गरेको थियो । त्यही सूचनाका आधारमा भारतको बैंलोर बस्ने शान्ताकी कान्छी छोरी वर्षा शाहको माध्यमबाट सम्पर्कमा आउन सकिएको छोरा भोविन्द्र शाहले बताए ।

शान्ता मानसिक अवस्था कमजोर भएको अवस्थामा परिवारको सम्पर्क बाहिर गएकी थिइन् । दुई सन्तानकी आमा शान्तालाई दिमागी समस्या देखियो । उनी एकोहोरा, हिँड्ने, बरालिन र घरपरिवारबाट भाग्न थालिन् । परिवारले धेरै समय घरमै उपचार गरे । त्यो बेला धामी झाँक्रीलाई  पनि देखाए । औषधी उपचारका लागि दिल्ली वा काठमाडौं, लैजाने सल्लाह पनि परिवारमा भयो । तर शान्ता एकाएक सम्पर्कविहीन भइन् ।  

चन्द्रबहादुर शाहले दशक बढी समय हराएकी श्रीमतीकै खोजीमा बिताए । जिल्ला पञ्चायक सदस्यसमेत भएका शाहले खोजीका लागि त्यो बेलाको शक्ति, सत्ता सबैको प्रयोग गरे । न फोन थियो, न इन्टरनेट नै, नत गाउँमा सडक बाटो । बस चढ्नकै लागि डोटी डडेलधुरा आउनु पर्थ्यो, बाजुराबाट । बिरामी अवस्थामा हराएकी शान्ता, लामो समय सम्पर्कमा नआएपछि परिवारले मृत्यु संस्कारबाहेक आउने आश मारिसकेका थिए ।

शान्ता चन्द्रबहादुरकी जेठी श्रीमती हुन् । शान्ताकै बलमा घरमा कामका लागि सघाउन पनि सहज हुने भनेर श्रीमानका लागि कान्छी श्रीमती, आफ्ना लागि बहिनी चाहिने भन्दै विवाह गराउन बल गरेको चन्द्रबहादुर बताउँछन् । दुई श्रीमतीबाट चन्द्रबहादुरका ५ छोरा र ३ छोरी छन् ।

शान्ताबाट भने १ छोरा तेजप्रकाश शाह र छोरी मात्रै छन् । अछामको दर्ना माइती भएकी शान्तालाई नेपाल ल्याउन तयारी भइरहेको छोरा भोविन्द्र शाहले बताए । 

‘यो खुसी र समय आउने कल्पना नै थिएन, जीवनमा थाहै नदिई पनि धेरै सुखद समय आउने रहेछ,’ शाहले भने । 

भोविन्द्र हाल नेपाल सरकारको संघिय मन्त्रीको निजी सचिवालयमा सल्लाहकारको रूपमा कार्यरत छन् ।

शान्ता २५ वर्ष वान स्टप सेन्टरमा नै बसेको रेकर्ड देखिन्छ । तथ्याकंका अनुसार सन् २००७ मा आश्रममा बसेको भेटिएपनि परिवारको दाबी अनुसार त्यो भन्दा ५ वर्षजति पहिला नै हराएको देखिन्छ । २०२७ सालमा एसएलसी परीक्षा दिएको केही वर्षपछि पहिलो बिहे गरेका शाहले ४० को दशकमा अर्को बिहे गरेका थिए । उनी २०४४ सालतिर हराएको भोविन्द्र शाहले बताए ।

भोविन्द्रका अनुसार कागजी प्रक्रिया गरेर ल्याउने तयारी भइरहेको छ।

 ‘दूध खाने उमेरमै मुवा सम्पर्कविहीन हुनु भा हो, हामीलाई अनुहार पनि कमै याद छ । सबैभन्दा बढी तनाब बुवालाई थियो । हामी ठूलो भइसक्दा पनि खोजी रहनुहुन्थ्यो कुरा गरिरहनुहुन्थ्यो, अब ढुक्क भइयो, सन्तान र बुबा दुबैका लागि फेरि अर्को खुसी भेटियो,’ शाहले भने ।

पिथौरागढस्थित वान स्टप सेन्टरको आश्रय स्थलमा रहेको र सम्पर्कमा आएर आधिकारिक कागजपत्रसहित लिएर जान केआईएन (किन) इन्डियाका प्रमुख नवीन जोशीले जानकारी दिए । लामो समयसम्म सडकमा बिताएकी ती महिलालाई भारतीय प्रहरीले उद्धार गरेर आश्रय स्थलमा पुर्‍याएको थियो।

भारतीय प्रहरीले उनको परिवार पत्ता लगाउन विभिन्न सङ्घसंस्था तथा त्यस क्षेत्रमा काम गर्ने निकायलाई जानकारी गराएको भए पनि लामो समयदेखि पत्ता लाग्न सकेको थिएन । 

धेरै पटक यसबारेमा भारतीय प्रहरीले परामर्श गरेको थियो । सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि परिवार पत्ता लागेको जोशीले जानकारी दिए । तस्बिरसहितको जानकारी सामाजिक सञ्जालमा पोस्ट गरेपछि छोरी वर्षा शाहीले फोन गरेर उनी आफ्नो आमा भएको बताएकी जोशीले जानकारी दिए ।

बाजुराको बुढीगंगा नगरपालिका–३ घर भएका उनका श्रीमान् चन्द्रबहादुर र छोराहरू भूपेन्द्र शाह सहित सम्पर्कमा आइसकेको र प्रक्रिया पुर्‍याएर घर पठाउने तयारी भएको प्रमुख जोशीले बताए । 

अहिले शान्ता शाहको अवस्था सामान्य रहेको बुझिएको छ । सुदूरका पहाडमा भारत गएर हराएका, बेपत्ता पारिएका र आश्रममा राखेर संरक्षण दिइरहेका थुप्रै घटनाहरू छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ३ : ४७ बजे

किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते

ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित

काठमाडौं – नेपाल ल क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल

सुमनाले भनिन् : राजीनामा प्रधानमन्त्रीको आउनुपर्थ्यो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

धौलीगाढ खानेपानी आयोजनाको काम तीव्र

जुम्ला – जुम्लाका तीनवटा पालिकालाई लक्षित गरी तातोपानी गाउँपालिका–१ मा