सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमामा अनिवार्य जोड्नुपर्छ : मन्त्री पौडेल  « Khabarhub

सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमामा अनिवार्य जोड्नुपर्छ : मन्त्री पौडेल 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमामा अनिवार्य जोड्नुपर्ने बताएका छन् । 

विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग सङ्घद्वारा बिहीबार आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताए । 

हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेका उल्लेख गर्दै मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरे ।

‘संवैधानिक व्यव्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बिमा महत्त्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ,’ उनले भने ।

मानव स्वास्थ्यलाई ध्यान दिँदै प्रोटिनलाई उपचारात्मक प्रणाली र चिकित्सकको सिफारिस प्रणालीमा कसरी जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्ने मन्त्री पौडेलले उल्लेख गरे । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले नेपालका पशुजन्य उत्पादन स्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहेका बताए ।

नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रवीन पुरीले उत्पादनदेखि उपभोगसम्म सुरक्षित खाद्यान्न नीतिको अवधारणामा रहेर खाद्य सुरक्षाको लागि प्रोटिनको सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १ : ३२ बजे

विदेशी मल आयात रोक्न स्वदेशमै उत्पादन बढाउनुपर्छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले विदेशबाट अर्बौं

सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, एक वर्षमा ३ प्रतिशतले बढ्यो

काठमाडौं- आर्थिक वर्ष ०८१/८२ मा नेपालको कुल बेरुजु ७ खर्ब

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)

स्वास्थ्य मन्त्रालयको कुल बजेट खर्च ७२.९७ प्रतिशत 

काठमाडौं– चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका

टाटामोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आजदेखि

काठमाडौं – टाटामोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रान्ड