‘शिक्षाको विकासमा रचनात्मक काम भइरहेका छन्’ « Khabarhub

‘शिक्षाको विकासमा रचनात्मक काम भइरहेका छन्’


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार शिक्षा क्षेत्रको विकासमा रचनात्मक ढङ्गले अघि बढेको बताएका छन् । आज पश्चिम नवलपरासीको सुनलव नगपालिका–१२ भूमहीमा आयोजित शैक्षिक तथा साँस्कृति मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार शिक्षामा नविनतम र रचनात्मक ढङ्गले काम गरिरहेको बताएका हुन् । 

लुम्बिनी प्रदेश सरकारको ‘मेरो विद्यालय मेरो, दायित्व कार्यक्रम’ द्वारा शिक्षाको गुणस्तरमा सुधार हुने उहाँको भनाइ छ । यस कार्यक्रमले देशभरिमा राम्रो सन्देश दिने उनले भने ।

‘शिक्षा समाज रूपान्तरणको आधार हो । शिक्षाले गर्दा समाज परिवर्तन तथा विकासमा मद्दत पुग्छ’, उनले भने। 

उनले उक्त कार्यक्रमका लागि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनालाई धन्यवाद दिए। खस्कँदो शिक्षाको नतिजा सुधारका लागि मन्त्री तिमिल्सिनाले रचनात्मक कार्यक्रम अगाडि बढाएको उनले बताए। 

आजदेखि सुरु ‘शैक्षिक तथा सांस्कृतिक मेला २०८१’ मेला यही फागुन १९ गतेसम्म चल्नेछ । 

प्रथम रामनगर जेसिज लुम्बनी प्रदेशस्तरीय मेलामा प्रदेशभरिका प्राध्यापकलाई तालिममार्फत प्रशिक्षण दिइ शिक्षाको गुणस्तरीयता सुधार गर्ने उद्देश्य रहेको रामनगर जेसिआइका अध्यक्ष रमेश पराजुलीले बताए । 

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ७ : १३ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो