सिन्धुपाल्चोकमा भूकम्पपछि भाग्दा एक बन्दी घाइते, कोदारीको ब्यारेक भवनमा क्षति « Khabarhub

सिन्धुपाल्चोकमा भूकम्पपछि भाग्दा एक बन्दी घाइते, कोदारीको ब्यारेक भवनमा क्षति


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार बिहान मध्यरातमा गएको भूकम्पले सिन्धुपाल्चोकमा केही क्षति भएको विवरण आउन थालेको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार केही घरमा सामान्य क्षति भएको छ भने एक जना बन्दी घाइते भएका छन् ।

भूकम्पले हल्लाएपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन् । सहायक प्रजिअ नेपालीका अनुसार तामाङको अहिले चौतारा अस्पतालमा उपचार भइराखेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ ।

त्यसैगरी भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवनमा क्षति गरेको छ । सहायक प्रजिअ नेपालीका अनुसार ब्यारेक भवन चर्किएको हो । अन्य क्षतिको विवरण आउनेक्रममा रहेको उनको भनाइ छ । सहायक प्रजिअ नेपालीले उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जानकारी गराउनुभएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार शुक्रबार बिहानका राति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस भएको छ।

यो पनि

सिन्धुपाल्चोक केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प

काठमाडौंमा भूकम्पको ठुलो धक्का महसुस

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै