बेलायती प्रधानमन्त्रीसँगको भेटमा ट्रम्पले जेलेन्स्कीलाई दिए बहादुरको संज्ञा « Khabarhub

बेलायती प्रधानमन्त्रीसँगको भेटमा ट्रम्पले जेलेन्स्कीलाई दिए बहादुरको संज्ञा


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेट गरेका छन्।

भेटमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की तथा युक्रेनी सेनाको बहादुरीप्रति सम्मान व्यक्त गरेका छन्।

‘हामीले उनीहरूलाई धेरै रकम तथा हतियार सहयोग स्वरूप दिएका थियौँ। उनीहरूले पनि बहादुरीपूर्वक लडे,’ ट्रम्पले भने। स्टेइमर र ट्रम्पको भेटमा युक्रेन युद्ध, सुरक्षा खर्च तथा गाजा युद्धको विषयमा पनि वार्ता भएको जनाइएको छ।

भेटमा ट्रम्पले युक्रेनसँगको शान्ति वार्ता तथा बेलायतसँगको व्यापार सम्झौता चाँडो टुङ्गोमा पुग्ने समेत बताएका छन्।

सो अवसरमा बेलायतका राजा चार्ल्स तृतीयले पठाएको निमन्त्रणा समेत स्टेइमरले ट्रम्पलाई लिएका थिए। ट्रम्पले पहिलो कार्यकालमा चार्ल्स आमा एलिजाबेथ द्वितीयसँग भेट गरेका थिए।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै स्टेइमरले उच्च तहको प्राविधिक सम्झौताको सम्भावना रहेको बताए। उनले दुई साता अघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युरोपमा वाक स्वतन्त्रता नभएको भन्दै लगाएको आरोपको खण्डन गर्दै स्वतन्त्रताको सवालको बेलायतको इतिहास गौरवशाली भएको तथा यो सधैँ कायम रहने बताए।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ५८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा