बेलायती प्रधानमन्त्रीसँगको भेटमा ट्रम्पले जेलेन्स्कीलाई दिए बहादुरको संज्ञा « Khabarhub

बेलायती प्रधानमन्त्रीसँगको भेटमा ट्रम्पले जेलेन्स्कीलाई दिए बहादुरको संज्ञा


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेट गरेका छन्।

भेटमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की तथा युक्रेनी सेनाको बहादुरीप्रति सम्मान व्यक्त गरेका छन्।

‘हामीले उनीहरूलाई धेरै रकम तथा हतियार सहयोग स्वरूप दिएका थियौँ। उनीहरूले पनि बहादुरीपूर्वक लडे,’ ट्रम्पले भने। स्टेइमर र ट्रम्पको भेटमा युक्रेन युद्ध, सुरक्षा खर्च तथा गाजा युद्धको विषयमा पनि वार्ता भएको जनाइएको छ।

भेटमा ट्रम्पले युक्रेनसँगको शान्ति वार्ता तथा बेलायतसँगको व्यापार सम्झौता चाँडो टुङ्गोमा पुग्ने समेत बताएका छन्।

सो अवसरमा बेलायतका राजा चार्ल्स तृतीयले पठाएको निमन्त्रणा समेत स्टेइमरले ट्रम्पलाई लिएका थिए। ट्रम्पले पहिलो कार्यकालमा चार्ल्स आमा एलिजाबेथ द्वितीयसँग भेट गरेका थिए।

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै स्टेइमरले उच्च तहको प्राविधिक सम्झौताको सम्भावना रहेको बताए। उनले दुई साता अघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युरोपमा वाक स्वतन्त्रता नभएको भन्दै लगाएको आरोपको खण्डन गर्दै स्वतन्त्रताको सवालको बेलायतको इतिहास गौरवशाली भएको तथा यो सधैँ कायम रहने बताए।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ७ : ५८ बजे

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष

एमालेको १९ जना पदाधिकारीमध्ये एक मात्र महिला, पद्माले ठाउँ पाउँदा विन्दा र रचना पराजित

काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये एकजना महिला उम्मेदवार मात्र

एमालेका १९ पदाधिकारीमा पोखरेल प्यानलबाट गोकर्ण र योगेश मात्रै विजयी

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : पाँच वर्षमा ७० प्रतिशत काम सम्पन्न

म्याग्दी– म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युत्लाई

‘मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ’

पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी