सन्तोषको ‘बलिदान’ फूलपातीमा प्रदर्शन हुने, यस्तो छ समीरको लुक्स « Khabarhub

सन्तोषको ‘बलिदान’ फूलपातीमा प्रदर्शन हुने, यस्तो छ समीरको लुक्स


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’को प्रदर्शन मिति आगमी दशैँको फूलपातीलाई तोकिएको छ ।

निर्माण पक्षले शुक्रबार फिल्मका नायक समीर भट्ट फिचर्ड दुई पोस्टर सार्वजनिक गरी असोज १३ गते प्रदर्शन मिति तोकिएको जानकारी दिएको हो ।

सार्वजनिक एक पोस्टरमा समीरलाई एक्सन अवतारमा देखिएका छन् । उनको शरीरभरी रगत लतपत्तिएको छ । उनले एक व्यक्तिलाई खुट्टामा समातेर घिसारेको देख्न सकिन्छ । वरपर केही लाश देख्न सकिन्छ ।

दोस्रो पोस्टरको पृष्ठभूमिमा कालीमातालाई राखिएको छ । समीरको हतातमा त्रिशूलसहितको ठूलो हतियार छ । निर्देशक सेनका अनुसार समीरको यो तस्बिर दानव प्रवृत्तिका मान्छेले बलि चढाएपछिको हो ।

प्रदर्शन मिति घोषणापछि सेनले यो फिल्म जीवनमा आफूले सबैभन्दा बढी मिहिनेत गरेको प्रोजेक्ट रहेको बताए । उनले भने, ‘यो फिल्मका लागि मैले यति धेरै बलिदान दिनुपर्छ भन्ने सोचेको थिइनँ । जीवनभर बगाएको रगत पसिनामध्ये सबैभन्दा बढी यसैमा खर्च भएको छ ।’

यस फिल्मको प्री–टिजर एक वर्षअघि सार्वजनिक भएको थियो । जसमा वि.सं. २०८० को फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको थियो । प्राविधिक कारणले छायाङ्कन ढिलाइ हुँदा यो फिल्म पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन सकेन ।

आगमी दशैँमा पाँचभन्दा बढी फिल्मले प्रदर्शन मिति तय गरेका छन् । सन्तोष जुनसुकै अवस्थामा दशैँमै यो फिल्म प्रदर्शन गर्ने तयारीमा देखिएका छन् ।

यस फिल्ममा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको अभिनय छ । आसुसेन फिल्मस् प्रालिको प्रस्तुतिमा बनेको फिल्मका निर्माता ब्राडफोर्ड विष्ट हुन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  १ : ५४ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको