युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

युवापुस्ताको मनोविज्ञान बुझेर विकास गर्नुपर्छ : मुख्यमन्त्री कँडेल


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी दिनमा गरिने विकास निर्माणका कार्य युवापुस्ताको मनोविज्ञानमा आधारित हुनुपर्ने बताएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले आज आयोजना गरेको ग्रेटर घण्टाघर निर्माणसम्बन्धी छलफलमा उनले विकासमा युवापुस्ताको सहभागितासँगै उनीहरूको चाहनाअनुसार विकासमा ध्यान दिनुपर्ने बताए। 

वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै केन्द्र भएकाले यहाँ हुने विकास निर्माणको सिको अन्य पालिकाले गर्ने हुँदा यहाँ हुने विकास जनभावनाअनुसार दिगो र वातावरणमैत्री हुनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो । 

सार्वजनिक जमिन आउने पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच विचार गरेर मात्र अगाडि बढाउनुपर्ने बताउँदै मुख्यमन्त्री कँडेलले कम लागतमा राम्रो गुणस्तरसहितको संरचना बनाउनेतिर स्थानीय तहले ध्यान दिनुपर्ने बताए।

छलफल वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा र प्रदेशसभा सदस्य जानकी सिंह, निर्वाचित जनप्रतिनिधि, राजनीतिका दलका प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १ : २८ बजे

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : आयोग

काठमाडौं- निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस?

काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी