जेलेन्स्कीलाई युरोपेली नेताहरुले भने – बलियो बन्नुहोस्, हामी तपाइको साथमा छाैँ « Khabarhub

जेलेन्स्कीलाई युरोपेली नेताहरुले भने – बलियो बन्नुहोस्, हामी तपाइको साथमा छाैँ


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जित देखिने गरी युद्धविराम गराउन बाध्य पार्ने छन् भन्ने चिन्तामा रहेका अमेरिकी सहयोगी युरोपेली मुलुकका नेताले अमेरिकी र युक्रेनी नेताहरूबिचको चर्काचर्की सञ्चारमाध्यममा आएसँगै जेलेन्स्की र युक्रेनको समर्थनमा आफ्ना भनाइहरू सार्वजनिक गरेका छन् । 

युरोपेली आयोग र युरोपेली काउन्सिलका क्रमशः प्रमुख उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाले जेलेन्स्की कहिल्यै एक्लो नभएको बताएका छन् । 

‘बलियो बन्नुस्, साहसी बन्नुस् र निडर बन्नुस्’, भोन डेर लेयन र कोस्टाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै जेलेन्स्कीलाई भने, ‘हामी न्यायपूर्ण र स्थायी शान्तिका लागि तपाइको साथमा सहकार्य गरिरहनेछौँ ।’

यसैबीच, इयूका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले युरोपेली शक्ति र वासिङ्टनबीचको ट्रान्सएटलान्टिक गठबन्धनबारे अमेरिकी नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज, यो स्पष्ट भयो कि यो चुनौतीको सामना गर्नको लागि स्वतन्त्र विश्वलाई नयाँ नेताको खाँचो छ। यसका लागि हामी युरोपेलीहरू के गर्छौँ यसमा निर्भर रहनेछ ।’

वार्ता अवरुद्ध भएसँगै युक्रेनको समर्थनमा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्कीलाई संकेत गर्दै भने, ‘तपाईं एक्लो हुनुहुन्न ।’

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग फोनमा कुरा भएको र किएभलाई ‘अटुट समर्थन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र युक्रेनका सहयोगीहरूबीच ‘अविलम्ब’ शिखर सम्मेलन गर्न आह्वान गरेका छन् । 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेन युद्धमा रुस ‘आक्रमणकारी’ भएको बताएका छन् । 

उनले भने, ‘आक्रमणकारी रुस हो । युक्रेनलाई सहयोग गर्ने र रुसलाई तीन वर्षअघि नै प्रतिबन्ध लगाउने र त्यसलाई निरन्तरता दिने हाम्रो निर्ण सही थियो ।’ 

जेलेन्स्कीविरुद्ध ट्रम्पले लगाएको आरोपलाई संकेत गर्दै उनले भने, ‘यदि कोही तेस्रो विश्वयुद्धमा खेलिरहेको छ भने त्यो रूसी नेता पुटिन हुन् ।’

जर्मनीका सम्भावित चान्सलर फ्रेडरिक मर्जले जेलेन्स्कीलाई समर्थन गर्ने आश्वासन दिएका छन्। 

‘हामीले यस भयानक युद्धमा आक्रमणकारी र पीडितलाई कहिल्यै भ्रमित गर्नु हुँदैन,’ मर्जले भने। निवर्तमान चान्सलर ओलाफ स्कोल्जले पनि युक्रेनको समर्थन गरेका छन् भने विदेशमन्त्री एनालेना बेयरबोकले पनि किएभको ‘शान्ति र सुरक्षाको खोजी हाम्रो हो’ भनेका छन्  । 

यसैबीच, हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैका निकटतम साझेदारमध्येका एक ओर्बानले शान्तिका लागि बहादुरीका साथ उभिएकोमा धन्यवाद दिएका छन् ।

इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनीले संयुक्त राज्य अमेरिका, युरोप र तिनका सहयोगीहरूलाई युक्रेन युद्धको विषयमा एकजुट हुन आह्वान गरे ।

उनले भने, ‘ढिलो नगरी शिखर सम्मेलन आवश्यक छ । युक्रेनबाट सुरु भएको आजको प्रमुख चुनौतीहरूको सामना कसरी गर्ने भन्ने बारेमा हामी स्पष्ट रूपमा कसरी कुरा गर्न चाहन्छौँ।’ 

किएभ कट्टर सहयोगी पोल्यान्डले विवादपछि युक्रेनीहरूलाई आश्वस्त पार्न कदम चालेको थियो।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  २ : ३८ बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी