मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : प्रचण्ड  | Khabarhub Khabarhub

मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : प्रचण्ड 


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सिरहा– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभएर राष्ट्रकै समस्या भएको बताएका छन् । 

‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा शनिबार सिरहाको सिरहा नगरपालिकामा आयोजित विशाल खबरदारी सभालाई सम्बोधन गर्दै उनले उक्त राष्ट्रिय समस्याको समाधान माओवादीले मात्रै गर्न सक्ने बताए । 

मधेशका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेको आरोप लगाउँदै प्रचण्डले उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको पनि बताए । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको जिकिर गर्दै उनले अब मधेशले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए । 

मधेशी जनता वास्तविक देशभक्त र सीमारक्षकको रुपमा रहेको उल्लेख गर्दै प्रचण्डले उनीहरूको सम्मान गर्नुको साटो अरु देशका नागरिक सरह व्यवहार गर्नु विभेद र अपमान भएका बताए । 

अध्यक्ष प्रचण्डले माओवादीले जनयुद्धकै क्रममा मधेशी जनताको आत्मनिर्णयको अधिकारलाई स्थापित गर्न मधेश सरकार गठन गरिएको र पार्टीभित्र पहिलो पटक मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गराए । 

झण्डै १ हजार ३०० मधेशी जनताका छोराछोरीले माओवादी जनयुद्धमा बलिदान गरेको पनि उनले बताए । आफ्नो पार्टीले जनयुद्ध सुरु गर्दा पहिलो पटक हतियारको तालिम मधेशबाटै सुरु गरेको स्मरण गर्दै प्रचण्डले आफूले पहिलो पटक हतियारको तालिम धनुषा र सिरहाबाटै लिएको बताए ।

२०६४ सम्म आउँदा मधेश माओवादीमय भए पनि पार्टी एकता बचाउन नसक्दा र गौर हत्याकाण्ड जस्ता विभिन्न षड्यन्त्रका कारण मधेशी जनतामा माओवादीप्रति भ्रम पर्न गएको र त्यही भ्रम हटाउन अहिले तराई मधेस जागरण अभियान लिएर आएको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : ०९ बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य