नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशाङ्क कोइराला « Khabarhub

नेपाल सम्भावना नै सम्भावनाको कुञ्ज हो : शशाङ्क कोइराला


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेपाल असङ्ख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरूले स्वदेशमा उद्यमशीलता गरेर बस्नुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले नेपालको समृद्धिमा युवाले प्रमुख भूमिका निर्वाह गर्ने बताए । “म सानो हुँदा बुबा बिपी कोइरालाले भन्नुहुन्थ्यो, ‘म धेरै राष्ट्र घुमेँ, तर संसारमा सबैभन्दा सुन्दर देश नेपाल लाग्यो, तिमी नेपालमा नै बस्नु ।’ पछि मलाई विदेश जाने अवसर मिल्यो, तलब पनि मनग्य थियो तर बुबाले भन्नुभएको कुराले बिजायो र विदेश पुगेर पनि स्वदेश नै फर्किएँ”, उनले भने ।

“विदेशबाट फर्केका युवाले त्यहाँ सिकेका सीप र अनुभवलाई सदुपयोग गरी स्वरोजगारका अवसर सृजना गर्नुपर्नेमा नेता कोइरालाले जोड दिए । “मानिसको जीवन भनेको प्रयास र सङ्घर्षमय हुन्छ । निरन्तरको प्रयासले स्वदेशमा नै अवसर सृजना गर्न सकिन्छ”, उनले भने ।

कतिपय मानिसले असफलताबाट सफलता हासिल गरेका उदाहरणहरू समाजमा रहेका भन्दै उनले आफूले गरेका काममा असफलतातर्फ गए पनि निरन्तरको प्रयासपछि सफलता मिल्ने धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले रोजगारीका लागि विदेश गएर स्वदेश फर्किएका युवाहरूले विदेशमा आर्जन गरेको सीपबाट उद्यमशीलता गरेर आफ्नो मुलुकलाई समृद्ध बनाउने अभियानमा सहकार्य गर्नुपर्नेमा जोड दिए।

केन्द्रीय सदस्य गुरु बरालले केही बाध्यता र केही रहरले विदेश गएका युवाहरू स्वदेशमा फर्केपछि मुलुकमा अवसर खोजिरहेकाले सबै यस्ता उदाहरण बन्न सक्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभाग गण्डकी प्रदेशका अध्यक्ष कृष्ण लम्सालको अध्यक्षता उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ९ : ५२ बजे

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ