महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको पाँच मेट्रिक टन फोहर सफाइ « Khabarhub

महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको पाँच मेट्रिक टन फोहर सफाइ


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाग्मती सफाइ महाअभियानको ६१६औँ हप्ताका अवसरमा आज महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरिएको छ ।

सफाइ अभियानकर्मी, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय सङ्घसंस्था, तिलगङ्गा महिला समूहलगायतको उपस्थितिमा फोहर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । त्यस क्रममा पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उनले बताए ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई सफा राख्न तिलगङ्गा महिला समूहले एकमहिने अभियान सञ्चालन गरेको थियो । बाग्मती सफाइ महाअभियानको ६१४औँ हप्ताको सफाइ पनि पशुपति क्षेत्रमै गरिएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १० : ३५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह