आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन १८ गते आइतबारको राशिफल


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन १८ गते आइतबार फागुन शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मार्च २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोल्नु अगाडि तीन पटक सोच्नुपर्ने समय छ। खर्च बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

वृष : सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ। शिक्षामा ढिलासुस्ती हुनेछ।

मिथुन : साना कुराले मन अशान्त बन्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : शनिको प्रभावले साथी टाढा हुनेछ। स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ।

सिंह : रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

कन्या : व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ। खानपानमा समस्या हुनसक्छ। परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेममा खटपटी बढ्नेछ।

तुला : शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। परिवारको तर्फबाट सुझाव प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ।

वृश्चिक : स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नुपर्ने दिन छ। निजी क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। गोप्य योजना सार्वजनिक नगर्नु राम्रो हुनछ।

धनु : साथीसँगको सहकार्यमा लगानी गर्नु उचित हुनेछ। विपक्षी तपाईं भन्दा बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु पर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखयम बित्नेछ।

मकर : आज गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। परिवारसँग रमाइलो गरेर दिन बित्नेछ।

कुम्भ : गुम्न लागेको धन प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो छ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : आजको दिन परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने योग छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ५ : ०६ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत