हिउँ परेपछि पातिहाल्नेमा पर्यटकको चहलपहल | Khabarhub Khabarhub

हिउँ परेपछि पातिहाल्नेमा पर्यटकको चहलपहल


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

बागलुङ – शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ। सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो। बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातिहाल्ने क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन्। शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए।

समुद्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइमा रहेको पातिहाल्ने शुक्रबार र शनिबार गरी झण्डै एक हजार दुई सय पर्यटक हिउँ खेल्न पुगेको स्थानीय थमबहादुर घर्तीले बताए। बाक्लो हिमपातका कारण ठूला सवारीसाधन चल्न नसकेको उनको भनाइ छ।

पर्यटक मोटरसाइकल र जिपमा घुम्न आएको घर्तीले बताए। पातिहाल्ने पुगेका पर्यटक रिगतालसम्म पुगेको उनले जानकारी दिए। यस वर्ष दोस्रोपटक हिमपात भएको पातीहाल्नेमा करिब डेढ फिट हिउँ जमेको छ।

बाक्लो हिउँ परेको हुँदा पातिहाल्ने पुगेका पर्यटक तिलाचन ताल पुग्न सकेका छैनन्। करिब आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने तिलाचन ताल क्षेत्र पनि हिउँले सेताम्य बनेको छ। हिउँले पातिहाल्ने क्षेत्र निकै मनोरम देखिएको गलकोटबाट घुम्न जानुभएका विकास क्षेत्रीले बताए।

एक दशक अगाडिसम्म गुमनाम रहेको पातिहाल्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि चर्चामा छ। उच्च पहाडमा रहेको यस क्षेत्रमा पछिल्लो समय बस्तीसमेत बस्न थालेपछि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन्। पातिहाल्ने जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय ३५ किलोमिटर पश्चिममा पर्छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ६ : १४ बजे

समयमै आयोजना सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी

काठमाडौं– जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले मन्त्रालयका आगामी योजनाहरू

चीनमा पहिलो अन्तर्राष्ट्रिय ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा सुरु

बेइजिङ- विश्वकै पहिलो ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा शुक्रबारदेखि बेइजिङमा सुरु

कुमारी बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटल, नयाँ दिल्लीबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल

अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्नेछ : लाभरोभ

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु

सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको