एमाले सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ? « Khabarhub

एमाले सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।

बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ ।

सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केही अध्यादेशमा समर्थन गर्न नसक्ने जनाएपछि  प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

यसअघि सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेस तथा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जसपा नेपाल र लोसपासँग छलफल गर्ने निर्णय गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : ०५ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना