यी ५ कुराले पुरुषलाई बनाउँछ लज्जित | Khabarhub Khabarhub

यी ५ कुराले पुरुषलाई बनाउँछ लज्जित


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि पुरुषका लागि सबैभन्दा आर्कषक पक्ष भनेकै उसको व्यक्तित्व हो ।

आफ्नो स्वाभिमान बढाउँन मानिसहरुले सकेसम्म मेहनत गर्दछन् । तर कतिपय अवस्थामा ब्यक्तित्व बनाउन ध्यान दिने पुरुषलाई केही बिषय वा कमजोरीले अरुको सामु लज्जाबोध गर्नुपर्ने अवस्था आइलाग्छ ।

के कुराले पुरुषलाई लज्जाबोध बनाउँनुका साथै उसको स्वाभिमानमा आँच आउने अवस्था सिर्जना हुनसक्छ ?

१. मोटोपना
अधिकाशं पुरुषहरु मोटोपनाको शिकार हुने गरेका छन् । पुरुषहरुमा भएको गलत खानपानका कारणले मोटोपना बढ्दै जान्छ । यसरी हुने मोटोपनले पुरुषलाई अरुको सामु लाजमर्दाे बनाइदिन्छ । त्यसैले मोटोपनाबाट बच्न दैनिक लौकाको जुस पिउन उपयोगी हुन्छ । लौकाको जुसले मेटापोलिजम बढाई छिट्टै मोटोपन घटाउँछ । साथै शारीरीक ब्यायाम समेत गर्नुपर्दछ ।

२. बाक्ला रौं हुनु
स्वास्थ्यका हिसाबमा रौंले शरीरका संवेदनशील अंगको सुरक्षा गर्छ । तर पुरुषको गाला, नाक, कान, हातगोडा, छाती, पिठ्युमा अत्याधिक मात्रामा आउने रौंले पुरुषलाई फोहोरी देखाउने मात्र होइन कतिपय अवस्थामा लाजमर्दाे बनाइदिन्छ । बेसारमा दही मिसाएर रौ भएको स्थानमा लगाएर सुकेपछि हलुका हातले बिस्तारै रगडेमा बाक्ला रौं पातलिदै जान्छन् ।

३. तालु खुइले हुनु
कुनै पनि मानिसको सुन्दरतामा कपाल सबैभन्दा महत्वपूर्ण भाग हो । तर आजकल गलत खानपान, वशांणुगतगुण तथा कपालका रोगका कारण पुरुषहरुमा तालुखुइलिने समस्या देखापर्छ । जसले अरुको सामुन्ने पुरुषलाई लाजमर्दाे बनाउछ । मेथीका दाना र कालो जिराको पेस्ट बनाई नरिवल तेलमा मिसाएर नियमित टाउकोमा लगाउँदा यसले कपालको घनत्व बढाउँछ ।

४. पैताला गन्हाउने
पुरुषलाई सबैभन्दा लाजमर्दाे बनाउने बिषय मध्ये एक हो, पैताला गन्हाउनु । जुत्ता लगाउने मात्र होइन चप्पल लगाउने पुरुषहरु समेत पैताला गन्हाएको कारण लज्ज्ति हुनुपर्छ । पैताला गन्हाउने समस्याको सरल उपाय भनेको हरेक २ घण्टामा खुट्टा धुनु र सुकेपछि मात्र जुत्ता वा चप्पल लगाउनु नै हो । साथै बेसन र दहिको मिश्रण तयार पारेर पैतालामा लगाए पनि दुर्गन्ध हट्दछ ।

५. कपालको चाया
कपालमा आउने चायाले पनि अधिकाशंलाई सताउने गर्दछ । विशेष जाडोयाममा देखापर्ने यो समस्याले मानिसहरु लज्जित हुनुपर्दछ । गाढा रंगका कपडा पहिरिएका पुरुषका काधमा चायाहरु झरेको प्रष्टै देखिन्छ । जसका कारण उनीहरुलाई चायाको समस्याले दिक्क बन्ने गर्दछ । कपालको चाया हटाउने सरल उपाय भनेको बेकिङ सोडा र दहीको मिश्रण कपालमा लगाउनु हो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ०८ बजे

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका