श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ | Khabarhub Khabarhub

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । गए राति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गए राति घरछेउको भान्सामा घाँटी थिचेर श्रीमती अनिसाको हत्या गरेका हुन् । 

सो घटनाबारे आज  बिहान ७ बजे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी दुधौली र इलाका प्रहरी कार्यालय डकाहाबाट घटनास्थलमा गएको संयुक्त टोलीले अभियुक्त दिनेशलाई निजको घरबाट पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आपसी मनमुटावका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको र दिनेशले श्रीमतीको हत्या गरेको भनी स्वीकारेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । 

श्रीमतीको हत्या गरेको आरोप लागेका दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अहिले अनुसन्धानको काम भइरहेको छ । 

घटनास्थलबाट मुचुल्का तयार गरी ‘पोष्टमार्टम’का लागि शव स्थानीय नगरअस्पताल सिर्थौलीमा लगिएको प्रहरीले जनाएको छ । करिब १० महिनाअघि दुधौली नगरपालिका–९ लालपुरकी अनिसासँग दिनेशले प्रेम विवाह गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : ३३ बजे

प्रि ओप सेसन : चार अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

भुटानी शरणार्थी नेता पौड्यालको ‘पर्दापछाडिको भुटान’ सार्वजनिक

ललितपुर– लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको