लडाकु विमानवाहक युद्धपोत बनाउन भारतको सहयोग लिने इण्डोनेशियाको इच्छा « Khabarhub

लडाकु विमानवाहक युद्धपोत बनाउन भारतको सहयोग लिने इण्डोनेशियाको इच्छा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नौसैनिक क्षमता वृद्धि गर्न इण्डोनेशियाले आफ्नै पहलमा लडाकु विमानवाहक युद्धपोत निर्माण गर्ने तयारी गरिरहेको छ । यसका लागि इण्डोनेशियाले भारतको सहयोग लिने इच्छा देखाएको छ ।

इण्डियन डिफेन्स रिसर्च विङका अनुसार इण्डोनेशिया र भारतबीच लडाकु विमानवाहक युद्धपोत निर्माणका लागि कुन क्षेत्रमा सहकार्य हुने भन्ने अझै स्पष्ट भइसकेको छैन । 

भारतले निर्माण गरेको पछिल्लो लडाकु विमानवाहक युद्धपोत आईएनएस विक्रान्तमा ७६ प्रतिशत स्वदेशी पार्टपुर्जा प्रयोग गरिएको छ ।

यद्यपि भारतले युद्धपोतको डिजाइन, इन्जिनियरिङ, बजेटमा मितव्ययिता, क्षमता विस्तारजस्ता क्षेत्रमा इण्डोनेशियालाई सहयोग गर्नसक्ने अपेक्षा गरिएको छ ।

 पछिल्ला केही वर्षयता इण्डोनेशिया र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै आएको अवस्थामा दुई मुलुकबीचको अपेक्षित नौसैनिक सहकार्यलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : ४६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल