लडाकु विमानवाहक युद्धपोत बनाउन भारतको सहयोग लिने इण्डोनेशियाको इच्छा « Khabarhub

लडाकु विमानवाहक युद्धपोत बनाउन भारतको सहयोग लिने इण्डोनेशियाको इच्छा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नौसैनिक क्षमता वृद्धि गर्न इण्डोनेशियाले आफ्नै पहलमा लडाकु विमानवाहक युद्धपोत निर्माण गर्ने तयारी गरिरहेको छ । यसका लागि इण्डोनेशियाले भारतको सहयोग लिने इच्छा देखाएको छ ।

इण्डियन डिफेन्स रिसर्च विङका अनुसार इण्डोनेशिया र भारतबीच लडाकु विमानवाहक युद्धपोत निर्माणका लागि कुन क्षेत्रमा सहकार्य हुने भन्ने अझै स्पष्ट भइसकेको छैन । 

भारतले निर्माण गरेको पछिल्लो लडाकु विमानवाहक युद्धपोत आईएनएस विक्रान्तमा ७६ प्रतिशत स्वदेशी पार्टपुर्जा प्रयोग गरिएको छ ।

यद्यपि भारतले युद्धपोतको डिजाइन, इन्जिनियरिङ, बजेटमा मितव्ययिता, क्षमता विस्तारजस्ता क्षेत्रमा इण्डोनेशियालाई सहयोग गर्नसक्ने अपेक्षा गरिएको छ ।

 पछिल्ला केही वर्षयता इण्डोनेशिया र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै आएको अवस्थामा दुई मुलुकबीचको अपेक्षित नौसैनिक सहकार्यलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : ४६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर