मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन « Khabarhub

मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – मिथिला मध्यमा परिक्रमाका भक्तजनको सुविधाका लागि नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल, धनुषाको संयुक्त आयोजनामा मठियानीमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको छ ।

उक्त हेल्प डेस्कबाट दुई हजारभन्दा बढी श्रद्धालुले सेवा लिएका थिए । सो अवसरमा भक्तजनलाई पानी र चिया वितरण गरिनुका साथै व्यवस्थित यात्राबारे जानकारी समेत दिइएको हेल्प डेस्क संयोजक दिपक यादवले जानकारी दिए ।

नेपाल र भारतको एतिहासिक तथा पौराणिक सम्बन्ध, परिक्रमाको महत्व तथा खुला सीमाको अपरिहार्यता र अनिवार्यताबारे नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा राजीव झाले जानकारी दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा झासहित कार्यक्रम संयोजक यादव, राष्ट्रीय मुक्ति पार्टीका नेता विनोदकुमार ठाकुर, क्लोथ बैंक नेपालका धनेश्वर ठाकुर, कृष्णकुमार साह र खुला सीमा संवाद समूहका मधुवनी प्रतिनिधि विपिन झालगायतको उपस्थिति रहेको थियो ।

हेल्प डेस्कको उक्त सेवा परिक्रमाका क्रममा अन्य बासाहरु मडै, ध्रुबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरहीलगायतका स्थानमा पनि जारी रहने बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ९ : ४२ बजे

काठमाडौं र ललितपुरबाट लाखौँको धनमाल चोरी

काठमाडौ– काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको

अत्याधुनिक क्यामेराबाट बाघ गणना सुरु

चितवन– मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघ गणना आजदेखि सुरु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक

बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई