मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन « Khabarhub

मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – मिथिला मध्यमा परिक्रमाका भक्तजनको सुविधाका लागि नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल, धनुषाको संयुक्त आयोजनामा मठियानीमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको छ ।

उक्त हेल्प डेस्कबाट दुई हजारभन्दा बढी श्रद्धालुले सेवा लिएका थिए । सो अवसरमा भक्तजनलाई पानी र चिया वितरण गरिनुका साथै व्यवस्थित यात्राबारे जानकारी समेत दिइएको हेल्प डेस्क संयोजक दिपक यादवले जानकारी दिए ।

नेपाल र भारतको एतिहासिक तथा पौराणिक सम्बन्ध, परिक्रमाको महत्व तथा खुला सीमाको अपरिहार्यता र अनिवार्यताबारे नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा राजीव झाले जानकारी दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष डा झासहित कार्यक्रम संयोजक यादव, राष्ट्रीय मुक्ति पार्टीका नेता विनोदकुमार ठाकुर, क्लोथ बैंक नेपालका धनेश्वर ठाकुर, कृष्णकुमार साह र खुला सीमा संवाद समूहका मधुवनी प्रतिनिधि विपिन झालगायतको उपस्थिति रहेको थियो ।

हेल्प डेस्कको उक्त सेवा परिक्रमाका क्रममा अन्य बासाहरु मडै, ध्रुबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरहीलगायतका स्थानमा पनि जारी रहने बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ९ : ४२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको