बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु « Khabarhub

बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

छ तले भवनको पहिलो तल्लामा दिउँसो १२ः३१ बजे आगलागी भएको मिडिया सेलका निमित्त प्रवक्ता तल्हा बिन जाशिमले जानकारी दिए ।

उनले दिउँसो १ः०४ बजेतिर दमकलका धेरै युनिटले आगो नियन्त्रणमा लिएको बताए ।अधिकारीका अनुसार होटलका पाहुना र कर्मचारीहरूले भाग्ने प्रयास गरे ।

“दोस्रो तलाको बाथरूमबाट एकजनाको शव र पाँचौं तलामा छततर्फ जाने सिँढी नजिकै तीनजनाको शव भेटिएको हो ।”

बाक्लो धुवाँको मुस्लो परेपछि अधिकांश पीडितको निसास्सिएर मृत्यु भएको उनले बताए । उद्धारकर्मीहरुले घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ९ : ४९ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय