केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना « Khabarhub

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : ३२ बजे

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी