माध्यमिकी परिक्रमाका यात्री महोत्तरीको मडैमा « Khabarhub

माध्यमिकी परिक्रमाका यात्री महोत्तरीको मडैमा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी गाउँपालिकाको मडै पुगेका छन् । सोमबार जलेश्वरमा पाँचौँ दिनको रात्रि विश्राम गरेका उनीहरु मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला (डोली) साथ मडै पुगेका हुन् ।

मडैमा डोलासहितका यात्रीलाई महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेसहितका गाउँवासीले स्वागत गरेका छन् ।

आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्रीको जिल्लाको तेस्रो र यात्राको छैटौँ दिनको पडावस्थल (विश्रामस्थल) हो ।

जलेश्वरबाट चार किलोमिटरको दूरीको मडै अहिले परिक्रमाका यात्री र परिक्रमा मेला हेर्न आउनेको भीडले खचाखच छ । मडै पुगेपछि यात्रामा महोत्तरीको कुल दूरी २५ किलोमिटरमध्ये नौ किलोमिटर पूरा भएको छ । अब सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन रात्रिबासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

फागुन औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको १५ दिने डोलायात्रामा धनुषा, महोत्तरी र भारतको मधुवनीसहितका एक सय ३३ किलोमिटरको वृत्तभित्र यात्रा गरिन्छ । यसमा महोत्तरीमा पाँच, धनुषामा छ र मधुवनीमा चार रात्रिबासको परम्परा छ ।

अघि त्रेतायुगमा राम सीताले विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा वनविहार गरेका पदचाप पछ्याउँदै १८औँ शताब्दीमा परिक्रमा परम्परा सुरु भएको मानिन्छ । राम सीताको डोलासहित गरिने यो यात्रा कल्याणदायक र मोक्षदायक रहेको मैथिल जनविश्वास छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : ४० बजे

मकवानपुरको जुराखेतमा न्यायाधीश डाँगी सवार गाडी दुर्घटना: ६ जना घाइते

काठमाडौँ- काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उच्च अदालत जनकपुरको अस्थायी इजलास

कृषिसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा