स्वास्थ्यमा सुधार आएपछि पूर्वयुवराज पारस शाहलाई वार्डमा सारियो  « Khabarhub

स्वास्थ्यमा सुधार आएपछि पूर्वयुवराज पारस शाहलाई वार्डमा सारियो 


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हृदयाघात भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।

आइतबारदेखी आइसियुमा राखेर उपचाररत उनको स्वास्थ्यमा सुधार आएपछि आज वार्डमा सारिएको अस्पताल स्रोतले जनाएको छ । 

आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । अस्पताल स्रोतका अनुसार स्वास्थ्यमा थोरै सुधार आएपनि अझै केहिदिन अस्पतालमै राखिनेछ । 

पारसलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ४ : १६ बजे

दार्चुलामा प्रहरी हवल्दारको हत्या, होटलनजिकै भेटियो शव

दार्चुला– दार्चुलामा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ ।

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक,

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका