चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक विमोचन « Khabarhub

चिकित्सक सङ्घका अध्यक्षहरूबारे लेखिएको पुस्तक विमोचन


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक सङ्घ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’  विमोचन गरिएको छ । 

सङ्घ स्थापनाको ७५ वर्षका अवसरमा मंगलबार आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा सङ्घका ३२ अध्यक्षहरूको जीवनी, उनीहरूले गरेका योगदान, सङ्घर्षलगायत विषय समेटिएका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले दक्ष एवं विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र स्तरीय उपचार सेवा थालनी हुनु सुखद पक्ष रहेको बताए। उनले आफूले नेपालमै स्तरीय उपचार सेवाको अनुभव गरेको सुनाए ।

राष्ट्रपति पौडेलले देशमामा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसर सिर्जना नभएकामा चिन्ता व्यक्त गरे।  

सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक सङ्घसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने गरी पुस्तक प्रकाशन गरिएको बताए।

उक्त पुस्तकको सम्पादक प्रवीण ढकालले गर्नुभएको छ । सम्पादक ढकालले पुस्तकले सङ्घको इतिहाससँगै नेपालको चिकित्सा क्षेत्रको इतिहास संरक्षण, विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

यसका साथै नयाँ पुस्ताका चिकित्सकलाई अग्रजहरूले गरेका काम र योगदानका विषयमा जानकारी प्रेरणा मिल्ने बताए।

नेपाल चिकित्सक सङ्घ विसं २००७ फागुन २० गते स्थापना भएको हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले सङ्घको स्थापना गरेका हुन् । सङ्घको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित चयन भएका थिए । 

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : ३७ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा