दुई पत्रकारको पास निलम्बन फिर्ता गर्न महासंघको आग्रह | Khabarhub Khabarhub

दुई पत्रकारको पास निलम्बन फिर्ता गर्न महासंघको आग्रह


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई प्रश्न गर्ने पत्रकारको पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गरेको छ । 

महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संसद्लाई पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन फिर्ता लिएर प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको हो ।  

‘पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको हो,’ महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्बन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न संघीय संसद्समक्ष आग्रह गर्दछ ।’ 

महासंघले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पनि पत्रकार र सञ्चार माध्यमहरूको ध्यानाकर्षण गराएको छ । 
 
प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा फागुन ४ गते प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पत्रकारद्वय श्रेष्ठ र ओलीले संसदीय मर्यादा र अनुशासनको उल्लघंन गरेको भन्दै  संसद् सचिवालयले बुधबार प्रवेश पास निलम्बन गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ४ : ३२ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको