लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रूपमा विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह  « Khabarhub

लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रूपमा विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह 


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको संकेत देखा परेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताएका छन् । 

बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोहको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले बुद्धको शिक्षालाई पुर्नताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने विश्वास व्यक्त गरे । 

बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रूपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड छ । उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक पाठ जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाव पनि दिए । 

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सह आयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरु गरिएको छ । 

आगामी २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोह बिहान साँढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा चल्नेछ ।

उद्घाटन समारोहमा म्यान्मार, थाइल्याण्ड, श्रीलंकाका राजदूतसहित विभिन्न देशबाट आएका बौद्ध धर्मगुरु र भिक्षुहरूको उल्लेख्य सहभागिता थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ४ : ३९ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक