लागूऔषध कारोबार मुद्दामा पाल्हीनन्दनका अध्यक्ष गुप्ता दोषी ठहर, सजाय तोक्न बाँकी « Khabarhub

लागूऔषध कारोबार मुद्दामा पाल्हीनन्दनका अध्यक्ष गुप्ता दोषी ठहर, सजाय तोक्न बाँकी


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’ लागूऔषध कारोबारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको हो ।

अदालतका सूचना अधिकारी एवम् शाखा अधिकृत भेषराज खनालले पालिका अध्यक्ष गुप्तासहित दुईजनालाई दोषी ठहरेको जानकारी दिए ।

‘अदालतले मंगलबार पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तासहितलाई दोषी ठहर गरेको छ’, खनालले भने, ‘दोषी ठहर भएकाहरूको सजाय निर्धारण गर्न भने बाँकी छ । सजाय निर्धारणका लागि पेश गर्न पनि आदेश भएको छ ।’

२०७९ असोज २४ गतेदेखि अघि बढेको यो मुद्दाको छिनोफानो अदालतले ५७ औँ पेशीमा टुंगो लगाएको हो ।

यस मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तासहित जितेन्द्र पासवान, रघुनाथप्रसाद धोबी, रामा गुप्ता भन्ने रामा साह र मन्टु भन्ने विवेकप्रसाद पाण्डे विपक्षी थिए । जसमध्ये गाउँपालिका अध्यक्ष गुप्तासहित दुई जना लागूऔषध कारोबारसम्बन्धी मुद्दामा कसुरदार ठहर भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले २०७९ असोजमा ९०/९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो ।

गुप्ताले २०७९ वैशामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । अध्यक्षमा विजयी माओवादी केन्द्रका गुप्ताले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धि नेपाली कांग्रसका उम्मेदवार राजेन्द्र साहनीको पक्षमा ३ हजार ८ सय ६५ मत परेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : ३९ बजे

दूध खरिद र किसानको बक्यौता भुक्तानीमा त्रिपक्षीय सम्झौता

काठमाडौं– दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो

विशेष महाधिवेशनका नाममा कांग्रेस विभाजनको मोडमा पुग्यो, देउवाले सबैलाई समेट्नुहुन्छ : लेखक

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले विशेष महाधिवेशनका

मन्त्री बादीसँग युएनएफपिएका प्रतिनिधिको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

उपनिर्वाचनमा फराजको पुनरागमन

लण्डन- बेलायतको रिफर्म युके पार्टीका नेता निगेल फराज क्ल्याक्टन उपनिर्वाचनमा

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको