प्रधानन्यायाधीशद्वारा मैतीदेवीको गोदा वेणुगोपाल मन्दिर उद्घाटन « Khabarhub

प्रधानन्यायाधीशद्वारा मैतीदेवीको गोदा वेणुगोपाल मन्दिर उद्घाटन


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले काठमाडौं महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपालको नवनिर्मित मन्दिरको उद्घाटन गरेका छन् ।
 
प्रधानन्यायाधीश राउतले आज विशेष धार्मिक अनुष्ठानबीच सो मन्दिरको उद्घाटन गर्दै धर्मले नैतिक आचरणलाई उच्च बनाउँदै सत्मार्गमा हिँड्न प्रेरित गर्ने बताए । 

‘धर्मले सदा न्याय र सत्यका पक्षमा उभिन सहयोग पुर्‍याउँछ’, प्रधानन्यायाधीश राउतले भने, ‘नैतिक आचरणलाई सबल बनाउँदै सत्यमार्गमा व्यक्तिलाई हिँडाउने नै धर्म हो ।’
      
बागमती प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले नेपालको धार्मिक पर्यटनको सम्भावनालाई बलियो बनाउन सो मन्दिर निर्माण गर्नका लागि घरघरमा चन्दा सङ्कलन गरेर आज सफल भएको बताए ।
 
उक्त मन्दिरमा यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासम्प्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ । अनुष्ठान तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ । 
 
विसं २०२२ मा वैकुण्ठवासी १००८ निवासाचार्य स्वामीजीले स्थापना गरेको मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो ।

भूकम्पले क्षति भएको मन्दिर सङ्घ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब १६ करोड रुपैयाँको लागतमा मन्दिर पुनः निर्माण गरिएको हो ।
 
मन्दिरमा आठ सय जना बस्न मिल्ने धर्मशाला, गौशाला, यज्ञकुण्ड छ । आगामी शैक्षिक सत्रदेखि गुरूकूल पनि सञ्चालन गर्ने तयारी गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी गराए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ६ : ३६ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी