सडकमा चिच्याएर राजतन्त्र फर्कदैन : सिटौला « Khabarhub

सडकमा चिच्याएर राजतन्त्र फर्कदैन : सिटौला


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

कैलाली – राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस र नेकपा (एमाले)बीच भएको सहमतिअनुसार वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाएर लैजानुपर्ने बताएका छन् ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज धनगढीमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियानको उद्घाटन गर्दै उनले दुई दल मिलेर बनेको सरकारले जनताको इच्छा र चाहनाअनुसार काम गर्नुपर्ने बताए ।

पार्टी र सरकारबीच समझदारी गरी सुदृढ दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसभित्र बृहत् एकता जरुरी रहेको बताए । जनताको हितमा संविधान संशोधन गरिनुपर्ने बताउँदै नेता सिटौलाले हरेक आन्दोलनले आधुनिक नेपालको जग निर्माण गरेको र हरेक आन्दोलनको अगुवाइ कांग्रेसले गरेको दाबी गरे ।

नेता सिटौलाले सडकमा चिच्याएर, कराएर राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने ठोकुवा गरे । कार्यक्रममा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य नृप बड, सुशीला मिश्र भट्टलगायतले पार्टीलाई मजबुत बनाउन कांग्रेसका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ८ : ५९ बजे

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक दोस्रो पटक स्थगित

काठमाडौं – विपक्षी दलको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो

सिंहदरबारभित्रै संसद् लाइभ हेरेर बसेका छन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन्

प्रकृति संरक्षण कोषको सदस्यसचिवमा डा. पोखरेल

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव पदमा डा. चिरञ्जीवीप्रसाद पोखरेल

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल 

काठमाडौं– राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३-८४ का लागि नेपाल सरकारको

मुक्कुमलुङ/पाथीभरा केबलकार रोक्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मुक्कुमलुङ/पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्न माग गर्दै सोमबार काठमाडौंको