छोराको हत्या अभियोगमा दम्पती पक्राउ « Khabarhub

छोराको हत्या अभियोगमा दम्पती पक्राउ


२१ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निगरानीमा उपचार भइरहेको उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो । प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनीहरुमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । पारिवारिक विवादमा कुटाकुट हुँदा तिनै जना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

ब्लोन दम्पतीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । भक्तपुर प्रहरीको निगरानीमा उपचार गराएका उनीहरुलाई आज मकवानपुर ल्याइएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । “कुटपिटकै कारण मृत्यु भएको भन्ने आरोप छ”, प्रहरीप्रवक्ता अर्यालले भने, “पहिला हामी उहाँहरुको स्वाथ्यस्थिति हेर्छौं । त्यसपछि अनुसन्धान प्रक्रिया अघि बढ्छ ।”

छोरा र बाबुआमाबीच सम्पत्ति भागबण्डाका विषयमा प्रायः घरझगडा पर्दै आएको प्रहरीले जनाएको छ । झगडा भएको थाहा पाएपछि छिमेकीहरुले इलाका प्रहरी कार्यालय, सिस्नेरीलाई खबर गरेका थिए ।

प्रहरी पुग्दा भरतकुमार अचेत अवस्थामा थिए भने ब्लोन दम्पती घाइते अवस्थामा भेटिएपछि प्रहरीकै गाडीमा राखेर उनीहरुलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  १० : २३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल