१० खेलाडीमा सीमित बार्सिलोनालाई राफिन्हाले जिताए « Khabarhub

१० खेलाडीमा सीमित बार्सिलोनालाई राफिन्हाले जिताए


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको दोस्रो चरणको पहिलो लेगमा १० खेलाडीमा सीमित बार्सिलोनाले बेनफिकालाई १-० ले हराएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाका लागि राफिन्हाले निर्णायक गोल गरेका हुन्। ब्राजिलियन स्टार राफिन्हाले खेलको ६१ औँ मिनेटमा विपक्षीको रक्षापक्तिंको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए।

राफिन्हाको यो गोल सिजनको २५ औँ हो भने च्याम्पियन्स लिग नवौँ हो।

यसअघि जनवरीमा यी दुई टोलीबीच पहिलो चरणमा प्रतिस्पर्धा भएको थियो। कुल ९ गोल भएको सो खेलमा राफिन्हाले इन्जुरी समयमा बार्सिलोनाका लागि विजयी गोल गरेका थिए।

गएरातिको खेलमा खेलको २२ औँ मिनेटमा बेनफिकाका स्ट्राइकर भेन्गेलिस पाब्लिडिसलाई डी बक्समा फल प्रहार गरे बापत बार्सिलोनाका टिनएजर पाउल काउरेरासीले रातो कार्ड पाएका थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ५ : ५१ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना