अर्थसंक्षेप : ईभी गाडीमाथि गभर्नरको प्रहार, साताको अन्तिम दिन घट्यो नेप्से र खोले चन्द्र ढकालले कागज उद्योग | Khabarhub Khabarhub

अर्थसंक्षेप : ईभी गाडीमाथि गभर्नरको प्रहार, साताको अन्तिम दिन घट्यो नेप्से र खोले चन्द्र ढकालले कागज उद्योग


२२ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकमा कार्यकाल सकेर बिदा हुन लागेका गभर्नर महाप्रसाद अधिकारीले राज्यको नीतिसँग बाझिने गरी निर्णय गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको छ ।

सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसंस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ ।

आजका आर्थिक समाचार :

सरकारी नीति उपेक्षा गर्दै विद्युतीय सवारीसाधनलाई निरुत्साहन

नेपाल राष्ट्र बैंकमा कार्यकाल सकेर बिदा हुन लागेका गभर्नर महाप्रसाद अधिकारीले राज्यको नीतिसँग बाझिने गरी निर्णय गरेका छन् ।

राज्यले ऊर्जा, जलस्रोत, जलवायु, वातावरण लगायतबारे अंगिकार गरिरहँदा गभर्नर अधिकारीले चालु आर्थिक वर्ष (आ.व.)को अर्धवार्षिक मौद्रिक नीतिको समीक्षामार्फत् विद्युतीय सवारी साधनलाई निरुत्साहन गर्ने नीति अख्तियार गरेका छन् ।

नेपाल विजनेस समिट काठमाडौँमा हुँदै

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)को आयोजनामा काठमाडौँमा अन्तरराष्ट्रियस्तरको बिजनेस समिट हुने भएको छ।

दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नाराका साथ दोस्रो संस्करणको नेपाल बिजनेस समिट आगामी वैशाख ७ गते हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ।

उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तित्वको उल्लेख्य उपस्थितिमा पहिलो संस्करणको समिट पनि काठमाडौँमै सम्पन्न भएको थियो ।

चार दिनदेखि ओरालो शेयर बजार, दश अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको गिरावटले आज पनि निरन्तरता पाएको छ । गत सोमबारदेखि निरन्तर घटिरहेको नेप्से परिसूचक आज दुई दशमलव ७० अंकको गिरावटपछि दुई हजार आठ सय १८ दशमलव ४३ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १० कम्पनीको एक करोड ९० लाख ४१ हजार पाँच सय १४ कित्ता शेयर ९३ हजार आठ सय ९५ पटक खरिदबिक्री हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार छ सय ८१ बराबरको कारोबार भएको छ ।

सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग

सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसंस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत सङ्घसंस्थाले आज यहाँ संयुक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालनकलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन् ।

स्थानीयको अवरोधले रोकियो निर्माणाधीन मध्यपहाडी सडक

पूर्व–पश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पस गेटबाट खत्रिठाँटीसम्मको दुई किलोमिटर सडक निर्माण रोकिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा कूल ४५ किमी सडकमध्ये क्याम्पस गेटबाट खत्रीठाँटीसम्म दुई किमी र भोर्लेटार रानीपानी चोकबाट मिदिम खोला पुलसम्म एक हजार सात सय मिटर सडक स्थानीयको अवरोधका कारण रोकिएको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : स्थानीय तहबाट निवेदन माग

जिल्लाका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचिकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचिकृत हुने बेरोजगारलाई निवेदन माग गरेका हुन् ।

जिल्लास्थित व्यास नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री रोजगारमा आबद्ध भई न्यूनतम रोजगारी प्राप्तिका लागि निवेदन माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् ।

आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।

ताप्लेजुङमा मङ्सिर अन्तिमदेखि हवाई सेवा बन्द

जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन् । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुई वटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो ।

विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छ भने अर्को जहाज पनि पुस पहिलो सातादेखि बिग्रिएर थन्किएको छ।

आठ वर्षमा पनि बनेन प्रदेश राजधानी जोड्ने पुल

काभ्रेपलाञ्चोक र बाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडा जोड्ने पुल ठेक्का लागेको आठ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बाग्मती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लगाइएको थियो ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि हालसम्म पुल निर्माण नभएको हो । पुल निर्माणको ठेक्का लिएको महादेव–शिखर–तामाकोशी–जेभीले समयमा काम सम्पन्न नगरेपछि बर्सेनि प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले ताकेता गर्दै आएको छ । सो पुल निर्माणका लागि भ्याटबाहेक रु ११ करोड ६५ लाखमा ठेक्का सम्झौता गरिएको थियो ।

तनहुँ जलविद्युत : आयोजनाको प्रसारण लाइन निर्माणमा विलम्ब

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहभित्रको काम पूरा भएको छ भने प्रसारण लाइन निर्माणमा विलम्ब भएको छ ।

आयोजनाको प्याकेज २ अन्तर्गत विद्युतगृहमा इलेक्ट्रोमेकानिकल काम जारी रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए । हेडरेस टनेल खनेरपेनस्टक पाइप जडान, वेल्डिङ तथा कङ्क्रिटिङ भइरहेको छ । प्याकेज २ मा हालसम्म ६६ प्रतिशत भौतिक प्रगति भएको छ ।

वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

पर्साको वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।

कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरू उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिरहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार  ७ : ०६ बजे

निःशुल्क स्वास्थ्य शिविरबाट ५५३ जना लाभान्वित

कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिकामा दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट

बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने

लुम्बिनी – बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने

प्रविधिक समस्या देखिएको जहाज मर्मतपछि नियमित उडान सुचारु : वायुसेवा निगम

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धी विभिन्न सञ्चारमाध्यममा

शहीद मार्गको बजेट काटेर सरकारले प्रतिशोध साँध्योः वर्षमान पुन

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’