लायन्सद्वारा आँखा अस्पताललाई ८० लाखको उपकरण सहयोग « Khabarhub

लायन्सद्वारा आँखा अस्पताललाई ८० लाखको उपकरण सहयोग


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई ८० लाख ८१ हजार  बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । 

उक्त सहयोग परियोजनाको शुभारम्भसँगै बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले नेत्र ज्योति सङ्घ, बागलुङका अध्यक्ष विन्दुसागर राजभण्डारीलाई आँखा उपचारसम्बन्धी उपकरण हस्तान्तरण गरेका हुन् । 

निर्देशक बुर्लाकोटीले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी र अर्घाखाँचीका सर्वसाधारणलाई लक्षित गरी उक्त सहयोग परियोजना भित्र्याइएको बताए। 

‘आँखाका बिरामीका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यी उपकरण सहयोग गरिएको हो, यस क्षेत्रका बिरामीलाई उपचारका लागि पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता अब कम हुनेछ’, उनले भने। 

निर्देशक बुर्लाकोटीले धौलागिरि आँखा अस्पतालको स्तरोन्नतिका लागि लाइन्स इन्टरनेसनका तर्फबाट आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले मानवीय सेवाका क्षेत्रमा लायन्स इन्टरनेसनले नेपालमा रु दुई अर्ब बढीको परियोजना सञ्चालन गरिरहेको जानकारी दिए। 

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ‘के’ नेपालको विशेष पहलमा धौलागिरि आँखा अस्पताललाई ती उपकरण सहयोग गरिएको परियोजना प्रमुख दुर्गा कुँवरले बताए। उनले आफूहरूको अथक मेहनतबाट अस्पतालमा लाइन्स इन्टरनेसनल फाउण्डेशनको सहयोग परियोजना आएको बताए। 

‘यो धौलागिरि क्षेत्रमा लायन्स इन्टरनेसनलले गरेको अहिलेसम्मकै ठूलो सहयोग हो, आधुनिक उपकरणको सहायताबाट बिरामीलाई गुणस्तीय सेवा दिन अस्पतालाई मद्दत पुगेको छ’, उनले भने। हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति सङ्घले २०७७ सालदेखि धौलागिरि आँखा अस्पताल सञ्चालनमा ल्याएको थियो । 

उक्त अस्पतालले शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको सङ्घका जिल्ला अध्यक्ष राज भण्डारीले जानकारी दिए। उनका अनुसार सङ्घले निःशुल्क आँखा उपचार शिविर पनि सञ्चालन गर्दै आएको छ । 

दक्ष चिकित्सकमार्फत अस्पतालबाट सेवा प्रदान भइरहेको र थप जनशक्तिको खाँचो रहेको अध्यक्ष राज भण्डारीले बताए। अस्पतालले भवनलगायत पूर्वाधार व्यवस्थापनका कामलाई पनि अगाडि बढाएको छ । 

अस्पतालले पोखराको हिमालय आँखा अस्पतालसँगको सहकार्यमा नियमित शल्यक्रियालगायत सेवा प्रदान गर्दै आएको छ । विसं २०४९ देखि सङ्घले धौलागिरि क्षेत्रमा आँखासम्बन्धी स्वास्थ्य सचेतना र उपचारमा अगुवाइ गर्दै आएको छ । 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ७ : ३६ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका