बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

बस र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बारा– बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाईकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका ५ बरगिनिया बस्ने वर्ष ३५को अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्।

आज बिहान सवा ३ बजे कलैया बघवन स्थित   बरियारपुरबाट कलैया तर्फ जाँदै गरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक यादव  गम्भीर घाइते भएका थिए।

उनलाई प्रादेशिक अस्पताल कलैयामा उपचारको लागि लागिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भई सकेको घोषणा गरेको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालको शव गृहमा राखिएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ 

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ८ : ०० बजे

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको